व्यवसायमा सफल हुने योगगुरु रामदेवका ५ टिप्स
सबैको चासो विषय हुन्छ आफूले गरिरेको व्यापार, व्यवसायमा सफलता प्राप्त कसरी गर्न सकिन्छ भन्ने। व्यापार, व्यवसाय, सानोतिनो उद्योगमा सफलता कसरी पाउने? यसका लागि योग गुरु बाबा रामदेवले केही टिप्स दिएका छन्। योग गुरु रामदेवले पताञ्जलीका उत्पादनहरुलाई कसरी बजारमा स्थापित गरे र उपभोक्ताको मन जित्न सफल भए भन्ने आधारमा सक्सेस टिप्स दिएका हुन्।
१. अवसर जहाँ पनि छ
कुनै पनि काम गर्नका लागि हामी उपयुक्त अवसर खोजिरहेका हुन्छौँ। कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खेर बस्नु नपर्ने बाबा रामदेव बताउँछन्।
उनी आफ्ना उत्पादनहरू बजारमा ल्याउँदाको उदाहरण प्रस्तुत गर्दै भन्छन्, 'मैले पताञ्जलीको सामग्री बजारमा ल्याउनुअघि अनेकौ कम्पनीका एक से एक उत्पादनहरु थिए। त्यसले राम्रै बजार पनि कब्जा गरिरहेको थियो। उपभोत्ताले पत्याएका थिए। तर, यसको बावजुद पताञ्जलीलाई हामीले बजारमा उता...