वैकल्पिक आम्दानीको गतिलो माध्यम मौरीपालन : न श्रमिक चाहिने, न बजारकै अभाव
किरण पौड्याल
इलाम, ३० असार : पछिल्लो समय जिल्लाका अधिकांश किसानले खेतीबालीका साथसाथै व्यावसायिक मौरीपालन शुरु गरेका छन् । खेतीबालीमा जस्तो धेरै खट्नुनपर्ने र कम लगानी गर्दै उल्लेखीय आम्दानी लिन सकिने भएपछि वैकल्पिक व्यवसायका रूपमा किसानले मौरीपालन गर्न थालेका हुन् ।
पछिल्लो समय त झन् स्थानीय सरकार र सङ्घसंस्थाले पनि मौरीपालनसम्बन्धी तालिम र प्रवद्र्धनात्मक कार्यक्रम ल्याएपछि झनै किसान व्यावसायिकरूपमै मौरी पाल्न शुरु गरेका छन् ।
मौरीपालनमा धेरै लगानी र दुःख कष्ट गर्नु नपर्ने भएपछि व्यावसायिकरूपमै मौरी पाल्न शुरु गरेको इलाम नगरपालिका–१० स्थित गोदकका मौरी व्यवसायी भाष्कर भारद्वाज बताउँछन् । उनले मौरीपालन शुरु गर्दा घारमा केही रकम लगानी गर्दा मात्र पुग्ने देखेपछि व्यवसाय शुरु गरेका हुन् ।
“खेतीबालीमा जस्तो खट्नु नपर्ने र सहजरूपमा गर्न सक्ने देखेपछि मौरीपालन थालेको हुँ”, भारद्वाजले भने, “वड...