Sunday, November 10

Tag: बेइजिङ

बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो
विश्व

बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ । मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्यांकअनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूमपान गर्नेहरूको संख्या ७३ हजारले घटेको छ । दोस्रो व्यक्तिले गरेको धूमपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्यांकमा उल्लेख छ । धूमपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ । बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूमपान निषेध गरेको हो ।...