ओमिक्रोन संक्रमण : प्रोटिनयुक्त खानेकुरा खान किन जरुरी छ ?
विश्वका अधिकांश देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा बढिरहेको छ । कोरोना संक्रमणका कारण हाम्रो शरीरमा प्रोटिनको मात्र कम हुन जान्छ । जसका कारण हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन जान्छ ।
यस्तो अवस्थामा संक्रमणले हाम्रो शरीरलाई शिथिल बनाउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाबाट बच्न र कोरोना संक्रमणबाट छिट्टै निको हुन आफ्नो आहारमा प्रोटिन समावेश गर्नु निकै जरुरी छ ।
शरीरमा प्रोटिनको भूमिका
प्रोटिन हाम्रो शरीरका लागि महत्त्वपूर्ण माइक्रोन्युटेसन हो । यसले हाम्रो कोशिकाहरू मर्मत गर्न र नयाँ कोशिकाहरू बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
शरीरमा प्रोटिनको कमीले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष असर गर्छ । अर्थात् प्रोटिन कम भए इम्युनिटी कम हुन्छ, प्रोटिन बढी भए इम्युनिटी पनि बढी हुन्छ ।
प्रोटिनको आवश्यकता
कोरोना संक्रमणले पहिल्यैदेखि गम्भीर रोगबाट ग्रसित व्यक्तिमा बहु...