प्रिन्स दाहाल बन्जारा एग्रोको ब्रान्ड एम्बेसडर
नेपालमा पहिलोपटक कृषि उत्पादनको प्रचारप्रसारका लागि खेलाडीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्ने प्रचलन आजदेखि यहाँ सुरु भएको छ ।
विराटनगर–१२ स्थित बन्जारा एग्रोले निकट भविष्यमा उत्पादन गर्ने बोतल बन्द दूधको प्रचारप्रसारका लागि विश्व जुनियर ब्याडमिन्टका एक नम्बरका नेपाली खेलाडी प्रिन्स दाहाललाई ‘ब्रान्ड एम्बेस्डर’ आज यहाँ नियुक्त गरेको छ ।
एग्रोका सञ्चालक सञ्जय चापागाईं र दाहालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरियो । गजेन्द्र शर्मा बन्जारा र चापागाईंद्वारा संयुक्त रूपमा स्थापित एग्रोले पहिलो चरणमा विराटनगरमा आठ करोडको लागतमा पाँच बिघा क्षेत्रफलमा हलस्टोन, जर्सी लगायतका उच्च दूध दिने ५० वटा गाईपालनबाट दैनिक एक हजार लिटर दूध उत्पादन गरिएको छ ।
सो अवसरमा सञ्चालक चापागाईंले कृषि क्षेत्रको प्रवद्र्धन र स्थानीय जनताको आर्थिक स्तर उकास्न यस क्षेत्रमा कृषि फर्मको स्थापना गरेको बता...