खानेपानी संकटबाट जुदै अस्ट्रेलिया, पानी बचाउन नयाँ प्रतिबन्ध लागू
अस्ट्रेलियामा डिसेम्बरदेखि फेब्रुअरीसम्म भएको प्रचण्ड गर्मीका कारण यहाँका नदीहरूको जलस्तर अत्यान्तै न्यून बनेको छ। जलस्रोत सन् १९४० यताकै सबभन्दा न्यून स्तरमा पुगेको सञ्चार माध्यमहरूले जनाएका छन्।
जल संकटका कारण अहिले सिड्नीको अवस्था दयनीय बनेको छ। स्थितिलाई नियन्त्रण गर्नका लागि न्यु साउथ वेल्स प्रशासन (एनएसडब्ल्यू)ले फेरि एक पटक कडा प्रतिबन्ध लागू गरेको छ।
धारा खुल्ला छोडे जरिवाना
प्रशासनले लागू गरेको नयाँ नियमअनुसार कसैले धारा खुल्ला राखे यसलाई अपराधका रूपमा हेरिने छ। यसबाहेक कुनै व्यक्तिले आफ्नो बगैँचामा पानी हाल्नका लागि स्प्रिंकल सिस्टमको प्रयोग गरे भने उक्त व्यक्तिलाई जरिवाना गरिने छ।
नयाँ नियमअनुसार यदि कुनै व्यक्तिले पानी खेर फालेको पाइएमा उसलाई झण्डै १७ हजार नेपाली रूपैयाँ र संस्थालाई झण्डै ४२ हजार पाँच सय रूपैयाँ जरिवाना हुने छ। उक्त नियम आगामी सातादेखि लागू हुने बताइएको छ।
सन् ...