आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन गर्यो होला ?’
रवीन्द्र काफ्ले
फिदिम : आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक ।
भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी । भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो । धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए ।
धनराजको घरमा सामथ्र्यविहीन भएर बस्नुभएका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहनुभएको थिएन । “जहिल्यै रबि आउँदा मलाई...