Sunday, November 10

Tag: नौमती बाजा

पहाडको टुप्पोमा नौमति बाजा बज्ने ढुङ्गा !
प्रमुख समाचार

पहाडको टुप्पोमा नौमति बाजा बज्ने ढुङ्गा !

ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुङ्गाको अवलोकनमा पुग्नुभएका बेनीका गोरखनाथ सुवेदीले बताए । 'ढुङ्गाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला ? भन्ने लागेको थियो ...