मह जोडी नेपाल टेलिकमको सद्भावनादूत नियुक्त
नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावनादूत नियुक्त गरेको छ ।
मुलुकको हास्यव्यंग्य क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो ।
टेलिकम केन्द्रीय कार्यालयमा मंगलबारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई कम्पनीको सद्भावनदूत नियुक्त गर्न पाउँदा खुशी लागेको भन्दै कम्पनीका सेवा सुविधाका बारे आम जनतालाई समयमै सुसूचित गराउन थप सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श...