Sunday, November 3

Tag: नयाँ वर्ष

    नयाँवर्षः पर्यटकीय गन्तव्य भरिभराउ    
प्रमुख समाचार

    नयाँवर्षः पर्यटकीय गन्तव्य भरिभराउ    

सिवी अधिकारी काठमाडौँ, १ वैशाख (रासस)ः नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् । वसन्त ऋतुको यो सिजन खासगरी पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिन्छ । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन यतिबेला उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आएका छन् । नयाँ वर्षमा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन पनि बढेको छ । राजधानी नजिकका नगरकोट धुलिखेल, चन्द्रागिरीलगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बाक्लिएका छन् । राजधानी बाहिरका प्रमुख पर्यटकीय गन्तव्य पोखरा,...
आज नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ
प्रमुख समाचार

आज नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ

काठमाडौं । आज २०७६ सालको पहिलो दिन अर्थात नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ। विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प गर्ने गर्दछन भने आफन्त, साथीभाईलगायतसँग आसपासमा शुभकामना साटसाट गरी मनाइन्छ। नयाँ वर्षको अवसरमा आफन्तजनसँगको भेटघाट, सामूहिक जमघट गरी नाचगान, खानपिन गरी रमाइलो रमाइलो गर्ने गरिन्छ । नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ। विक्रम सम्वत भारत उज्जैनका राजा विक्रमादित्यले चलनमा ल्याएका हुन्।  विक्रमादित्यले चलनमा ल्याएकोले यो सम्बतलाई विक्रम सम्वत भनिएको हो। नेपालमा सम्वतको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो। त्यस भन्दा पहिले नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो।...
नयाँ वर्ष आयो
साहित्य

नयाँ वर्ष आयो

धेरै खोजे धेरै सोधे नयाँ वर्ष आयो भनी भने । म हेर्दै छक्क परें खोइ कहाँबाट आयो नयाँ वर्ष । सधैं झै घाम झुल्केकै थियो, च्यामे काम गरेकै थियो, हरीनारायण ड्यटी गएकै थियो । म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष । देश रणमा जलेकै थियो, बाठाले लाटा मारेकै थिए, गरिबको आँखा आँसुले भरिकै थियो । म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ बर्ष । सुन्तलिको भट्टी खुलेकै थियो, उनिहरु सधै झै मदिरा पिएकै थिए, हुनेले चएन गरेकै थिए, म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष । मानिसले बाटो भरिएकै थिए, बालबालिका फुटपातमा सुतेकै थिए, खलासी छिटो–छोटो भनेकै थियो । म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष । पण्डित बाले जातलाई लात हानेकै थिए, रामेले हलो जोतेकै थियो, सानीले भारी बोकेकै थिइ, म हेर्दै छक्क परें खोई कहाँबाट आयो नयाँ वर्ष । राति लाटोकोसेरो टुहुटुहु गरेकै थियो, बाटोमा कुकुर भुकेकै थिए, अ...