कुकुरमा भन्दा मानिसको दाह्रीमा धेरै हानिकारक किटाणु
पछिल्लो समयमा नेपालमा दाह्री पाल्ने युवाहरूको संख्या बढेको छ। समूह नै बनाएर दाह्री पालेको देखिन्छ। तर, पछिल्लो पटक सार्वजनिक भएको एउटा समाचार दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुःखद् हुनसक्छ।
वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन्। वैज्ञानिकहरूले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।
अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाइएको छ। तर आश्चर्य कुकुरको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए।
१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो। १८ देखि ७६ वर्ष उमेर समूहका दाह्री पालेका मानिसहरू अध्ययनमा समावेश थिए। स्वीजरल्यान्ड हिर्सल्य...