Sunday, November 3

Tag: जिग्री

११५ बढी प्रकारको आवाज निकाल्ने दीपेन्द्रको देश चिनाउने सपना
प्रमुख समाचार, शिक्षा, साहित्य

११५ बढी प्रकारको आवाज निकाल्ने दीपेन्द्रको देश चिनाउने सपना

कैलाली : कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द्र ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् । दीपेन्द्रले करीब पाँच वर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिश्रृंखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको आवाज चाहिएको थियो । उनले आवाज निकालेपछि सबैले उनलाई बधाई दिए उनमा अझै उत्साह बढेर गयो । त्यसपछि उनी युटब हेरेर बढी भन्दा बढी आवाज निकाल्न लागिरहेका थिए । अहिले दीपेन्द्र हास्यकलाकार शिवहरि पौडेलदेखि कुमार कट्टेल ‘जिग्री’कोसमेत आवाज दुरुस्तै निकाल्न सक्छन् । विभिन्न बाजागाजा, जनाबरको पनि आवाज निकाल्नसक्ने भएकाले सबैको माया पाइरहेको उनी बताउँछन् । दीपेन्द्रले आवाज निकाल्न लाग्दा हौस...