Monday, November 11

Tag: घर

३५ वर्ष जंगलमा बिताएका वादी समुदायले पाए नयाँ घर
समाचार

३५ वर्ष जंगलमा बिताएका वादी समुदायले पाए नयाँ घर

पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुशी भएका छन् । गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा उनीहरु खुशी भएका हुन् । चुत्राबेँसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुशी छन् । 'बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरिर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो', सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भनिन्, 'कपडा भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ ।' प्रदेश सरकारको मुख्यमन्त्री ग्रा...
असहाय वृद्ध दम्पतिलाई घर उपहार   
प्रमुख समाचार

असहाय वृद्ध दम्पतिलाई घर उपहार   

नारायणपुर : दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएको असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएको छ। सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो। घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएको ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान टेलिभिजन र गीतकार लोकराज अधिकारीले पहल गरेका थिए। टेलिभिजनले रिपोर्ट तयार पारेपछि देश विदेशबाट सहयोग संकलन भएको थियो। देश विदेशबाट प्राप्त करीब साढे तीन लाख रुपैयाँको सहयोग रकमबाट घर निर्माण गरिएको अधिकारीले बताए। एउटा शौचालयसहित दुई कोठाको सानो भवन निर्माण गरेर हस्तान्तरण गरिएको छ। टेलिभिजनका प्रबन्ध निर्देशक अमृतमान वली, सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीले घर निर्माण गरेर हस्तान्तरण गरे। घर नि...