गर्मीमा ओठ चम्किलो बनाउने घरेलु उपाय
पछिल्ला दिनहरूमा तपाईं आफ्नो ओठमा आएको परिवर्तनले चिन्तित त हुनुहुन्छ निश्चय नै आफ्नो गुलाबी ओठ बिस्तारै कालो भएको कसलाई पो मन पर्छ र ? तर, यसबाट घरेलु तरिकाले पनि आफ्नो ओठको कालो हटाएर स्वाभाविक चमक ल्याउन सकिन्छ ।
नियमित रूपमा स्वस्थ खाना खाँदा, व्यायाम गर्दा र महँगा सामग्री ओठमा लगाउँदा पनि ओठ गुलाबी नभएमा तपाईंले केही सजिलो घरलु उपाय अपनाउन सक्नुहुन्छ ।
ओठ चम्किलो बनाउने केही उपाय र कागती यस्तो चिज हो जुन धेरै कुरामा काम लाग्छ । कागतीपानीले पेटसम्बन्धी रोगलाई कम गराउन मद्दत गर्छ भने यसका विभिन्न किसिमको प्याक बनाएर लगाउँदा छालालाई सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ ।
त्यति मात्र नभएर ओठमा कालो दाग छ भने त्यसलाई हटाउनसमेत राम्रो औषधि हुन्छ । त्यसका लागि कागतीलाई निचोरेर ओछ्यानमा जानुअगाडि ओठमा लगाउनुपर्छ ।
एकदेखि दुई महिनासम्म यो नियमित गर्नुपर्छ । त्यसका साथै एक चिम्टी चिनी ओठमा छर्किनु...