Sunday, November 10

Tag: एचआइभी

चितवन : छ महिनामा ५४ एचआइभी संक्रमित
समाचार

चितवन : छ महिनामा ५४ एचआइभी संक्रमित

चितवन : सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए । अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ । केन्द्रका स्रोतव्यक्ति डा युवानिधि वस्यैलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम...
एचआइभीले उजाडिएको जिन्दगी
स्वास्थ्य

एचआइभीले उजाडिएको जिन्दगी

डोटी : ‘चरीले राएन हो कि लेग काफल पाक्दा न घरबारी न जिन्दगी एड्स रोग लाग्दा’ ‘वनमा डुल्ने चरीले चैत, वैशाखमा काफल पाकेको थाहा नपाउँदा भोकै बस्नुपरेको र आफूलाई एचआइभी लागेको थाहा नपाउँदा जीवनमरणको दोसाँधमा पुगेको’ जस्ता दुःखका गीत गाएर दिन बिताउन बाध्य भएकी छन् डोटी जोरायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एक महिला । एचआइभी एड्सकै कारण उहाँले २४ वर्षको कलिलो उमेरमा आफ्ना पति मात्रै गुमाउनुभएको छैन, स्कूलमा छोराछोरी पढ्न पठाउन पनि सकिरहनुभएको छैन । जिन्दगीदेखि हार खाएर वाक्क भएको बताउने उहाँ श्रीमान् बितेपछि हातमुख जोर्न पनि धौधौ परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुःखी, गरीब, असहायका त भगवान् हुन्छन् भन्छन्, मेरा त भगवान् पनि आफना भएनन् ।” आठ वर्षकी एक छोरी र छ वर्षको एक छोरा पढाउनका लागि उहाँले सयौँ दुःखकष्ट गरे पनि सफल हुनसकेको छैन । कयौँ मोड र घुम्तीसँग जम्काभेट गर्दै अगाडि बढ्दा उहाँले अ...