तरकारी ढुवानीमा कृषकलाई अनुदान
सुशीला रेग्मी
पाल्पा : कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ ।
स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ । पाँच सय किलोभन्दा बढी अन्यत्र बजारमा लगेर तरकारी बिक्री गर्ने कृषकलाई प्रतिकिलो रु दुई ढुवानी खर्च प्रदान गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताउनुभयो ।
“कृषकको घरदेखि बजारसम्मको दूरी हेरेर बढीमा एक किलोको रु दुई ढुवानी अनुदान रकम उपलब्ध गराएका छौँ, कृषकले स्थानीय बजारमा खपत नभएका तरकारी अन्य जिल्लामा बिक्री गर्न थालेपछि तरकारी बेच्ने समस्या हटेको छ”, जिसीले भन्नुभयो । उहाँका अनुसार गत वर्ष मात्रै ४० हजार किलो तरकारी अन्यत्र बजारमा ढुवानी गरेबापत कृषकलाई रु ५९ हजार २०० रकम ढुवानी अनुदान ...