सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल भारतमा जारी इन्डियन प्रमियर लिग (IPL) अन्तर्गत राजस्थानविरुद्धको खेलमा ६ विकेटले विजयी भएको छ।

जयपूरस्थित सवाइ मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य १९ ओभर २ रनमा पूरा गरेको हो। दिल्लीका लागि ऋषध पन्तले सर्वाधिक ७८ रन जोडे भने शेखर धवनले ५४ रनको योगदान दिए। त्यस्तै पृथ्वी साव ४२ रन श्रेयस अय्यरले ४ रन र कालिन इनग्रमले ३ रनको योगदान दिए।

यता, राजस्थानका लागि अजिन्क्य रहाणेले सतक पूरा गर्दा स्टिभ स्मिथले अर्ध सतक पूरा गरे। स्टुअर्ट बिनीले १९, बेन स्टोक्स ८ र रियान परागले ४ रनको योगदान दिँदा ऐश्टन टर्नर र सन्जू स्यमसनले कुनै रन जोड्न सकेनन्।

दिल्लीका लागि कगिसो रबाडाले २ विकेट, इशान्त शर्मा र अक्षर पटेल र नेपालका लेग स्पिनर सन्दीप लामिछानेको सट्टामा आएका क्रिस मारिसले १/१ विकेट लिए। भने राजस्थानका लागि श्रेयस गोपाल २ धवल कुलकर्णी र रियान परागले १/१ विकेट लिए। आजको खेलको म्यान अफ द म्याच ऋषध पन्त घोषित भए।

Leave a Reply