भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार जारी ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानका अजिन्क्य रहाणेले सतक पूरा गरेका छन्। उनले ५८ बलमा ११ चौका र ३ छक्का हान्दै सेन्चुरी पूरा गरेका हुन्।
जारी खेलमा ४ विकेटको क्षतिमा १९ वोभरमा १८४ रन बनाएर राजस्थान खेलिरहेको छ। जसमा रहाणले १०५ र स्टुअर्ट बानी १७ रनका साथ खेलिरहेका छन्। आजको खेलमा स्टिभ स्मिथले ३२ बलमा ८ चौका हान्दै आफ सेन्चुरी पूरा गरेर आउट भए। यसअघि आएका सन्जू स्यामसन र एश्टन टर्नर कुनै रन जोड्न सकेनन्।
आजको खलेमा दिल्लीका तर्फबाट खेलिरहेका नेपाल राष्ट्रिय टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछान भने प्लेइङ ११ मा पर्न सकेनन्। यसअघिको खेलमा उनले ३ विकेट लिएर चर्चा बटुलेका थिए।