Tuesday, October 8

वेष्ट इन्डिजलाई सन्दीपले दिए बधाई, लेखे यस्तो स्टाटस

काठमाडौं, २९ असार : कोरोना भाइरस (कोभिड-१९) महामारीले ठप्प रहेको अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि सुरु हुन थालेका छन् । कोरोना कहरपछि पहिलो अन्तर्राष्ट्रिय म्याच वेष्ट इन्डिज र इंग्ल्याण्डबीच भएको छ ।

यी २ टिमबीच भएको टेष्ट सिरिजको पहिलो म्याचमा पाहुना टोली वेष्ट इन्डिज ४ विकेटले विजयी भएको छ । घरेलु मैदानमै इंग्ल्याण्डलाई हराउँदा अहिले वेष्ट इन्डिज टिमको चर्चा भइरहेको छ ।

यो पटक वेष्ट इन्डिजको टिमले टोलीमा युवा खेलाडीलाई मौका दिएको थियो । युवा खेलाडीको उत्कृष्ट प्रदर्शनले वेष्ट इन्डिजले इंग्ल्याण्डलाई हराएपछि थुप्रै क्रिकेटरले वेष्ट इन्डिजलाई बधाई दिएका छन् ।

इंग्ल्याण्ड जस्तो बलियो टोलीलाई उसकै मैदानमा हराउँदा नेपाली क्रिकेटर सन्दीप लामिछानेले पनि वेष्ट इन्डिजलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् वेष्ट इन्डिज टोलीलाई बधाई दिएका हुन् ।

‘इंग्ल्याण्डलाई उसकै मैदान हराउन कठिन हुन्छ,’ सन्दीपले लेखेका छन्, ‘तर, वेष्ट इन्डिजले जित निकाल्न सफल भयो । टिमका सम्पूर्ण सदस्यलाई बधाई ।’

सन्दीपले कोरोनाले गर्दा लामो समयपछि क्रिकेट गतिविधि सुरू भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

सन्दीप लामिछानेको ट्विट

इंग्ल्याण्डमाथि वेष्ट इन्डिजको शानदार जित

इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजको पहिलो खेल पाहुना टोली वेष्ट इन्डिजले ४ विकेटले जितेको छ । इंग्ल्याण्डले दिएको २ सय रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्दै वेष्ट इन्डिजले सिरिजको पहिलो टेष्ट जितेको हो ।

खेलको पाँचौ तथा अन्तिम दिन आइतबार इंग्ल्याण्ण्डले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा जेर्मेन ब्ल्याकउडले ९५, रोस्टन चेसले २७, शेन डोरिचले २० र कप्तान जसन होल्डरले अविजित १४ रनको योगदान दिए ।

बलिङमा इंग्ल्याण्ड टिमका जोफ्रा आर्चरले ३, कप्तान बेन स्टोक्सले २ र मार्क उडले १ विकेट लिए । पहिलो इनिङ्समा २ सय ४ रनममै समेटिएको इंग्ल्याण्ड तेस्रो पारीमा ३ सय १३ रन बनाएको थियो ।

वेष्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय १८ रन बनाएको थियो । ३ म्याचको यी दुई टिमबीचको सिरिजको दोस्रो टेष्ट १६ जुलाईदेखि हुनेछ ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply