भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ वर्षको करारमा २७ खेलाडीलाई सामेल गरेको छ। तर, नयाँ करारमा पूर्वकप्तान महेन्द्र सिंह धोनीको नाम समावेश गरिएको छैनन्।

बिसिसिआइले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको नगरेको हो। क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्।

त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो। सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रूपमा सम्झौता गरेको थियो। जसको सम्झौता मूल्य ५ करोड भारु थियो।

बिसिसीआइले हरेक वर्ष खेलाडीको करार घोषणा गर्दछ। यो करार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म लागू हुन्छ। बिसिसिआइले ए प्लस, ए, बी र सी गरेर चार ग्रेडमा खेलाडी विभाजन गरेको छ। ए प्लस करारमा कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह रहेका छन्। यस करारमा खेलाडीले वार्षिक ७ करोड भारु प्राप्त गर्छन्।

ए ग्रेड करारमा ११ खेलाडी सामेल छन्। जसमा भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, केएल राहुल, शिखर धवन, रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, मोहम्मद शामी, ईशान्त शर्मा, कुलदीप यादव र रिषभ पन्छ रहेका छन्। यस करारमा खेलाडीहरुले वार्षिक ५ करोड भारु प्राप्त गर्छन्।

बी ग्रेड करारमा ५ खेलाडी सामेल छन्। जसमा हार्दिक पान्ड्या, रिद्धिमान साहा, उमेश यादव युजवेन्द्र चहल र मयङ्क अग्रवाल रहेका छन्। यस करारमा खेलाडीहरुले वार्षिक ३ करोड भारु प्राप्त गर्छन्।

सी ग्रेड करारमा ८ खेलाडी सामेल छन्। जसमा मनीष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर,केदार जाधव, नवदीप सैनी, दीपक चाहर, श्रेयस अय्यर र वासिङ्टन सुन्दर रहेका छन्। यस करारमा खेलाडीले वार्षिक १ करोड भारु प्राप्त गर्छन्।

Leave a Reply