काठमाडौं : साफ अण्डर एटिन फुटबलमा नेपाल आज भुटानसँग भिड्दैछ। हलचोकस्थित एपीएफ मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल भुटानविरुद्ध स्पष्ट जितको खोजीमा हुनेछ।

भुटानलाई हराउन सके नेपाल सेमिफाइनल पुग्नेछ। बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्नेछ। त्यस्तै भुटान पनि प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै सुखद सुरुवात गर्ने तयारीमा छ। भुटानलाई समूह ए मा बलियो टोलीको रुपमा हेरिएको छ।

नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो। समूह ए मा माल्दिभ्स र नेपालको समान एक–एक अंक छ। त्यस्तै हिजो भएको समूह बी अन्तरगतको खेलमा बंगलादेशले श्रीलंकलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply