रुसमा हक्की खेलको एक प्रतियोगितामा म्यान अफ दि म्याच घोषणा भएका एक खेलाडीले एके–४७ बन्दुक पुरस्कार पाएका छन्।
रुसको हक्की क्लब इज्स्टल इजहेभ्स्कले प्रतिस्पर्धी टोली चेलमेटलाई ३–२ ले हालै हक्कीमा हराएको थियो।
उक्त खेलमा इज्स्टल इजहेभ्स्कको तर्फबाट किपरको भूमिका निर्वाह गरेका साभेली कोनोनोभले एके–४७ बन्दुक पुरस्कार पाएका हुन्।
एके–४७ पुरस्कार पाइरहेको तस्बिर सार्वजनिक भएपछि यतिबेला यस तस्बिर निकै चर्चित बनेको छ। एजेन्सी