सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ। ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि पञ्जावले अंक तालिकामा हैदराबादलाई पछि पारेको हो।

१ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले एक बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा पञ्जावका राहुलले संयमिमित इनिङ खेले। अफगान बलर मोहम्मद नाबीले सुरुवाती दुई बलमा २–२ रन दिए पनि तेस्रो बलमा १ रन खर्चिए तर चौथो बलमा राहुलले चौका हान्दै पञ्जावको अबस्था सहज बनाए। पाँचौ बलमा २ रन लिँदै राहुलले खेल जिताए।

पन्जावको जितमा नायक बनेका राहुल ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे। राहुलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै सहज जित तर्फ टिमलाई अघि बढाएका थिए। अग्रवाल ४३ बलमा ५५ रन बनाउन सफल भए। उनले आफ्नो इनिङमा समान ३ चौका र छक्का प्रहार गरे। अन्यको प्रदर्शन भने गतिलो रहेन्।

दोहोरो स्कोरका रुपमा क्रिस गेलले १६ रन बनाएका थिए। हैदरावादका लागि सन्दीप शर्माले २, सिद्धार्थ कौल र राशिद खानले समान १–१ विकेट लिए। त्यसअघि पञ्जावको घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनायो। हैदरावादका लागि ओपनर डेविड वार्नरले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७० रनमा अविजित रहे पनि त्यो जितको लागि पर्याप्त रहेन्।

निकै सुस्त गतिमा रन जोडेका वार्नरले अन्तिम ५ ओभरमा केहि आक्रमक सटहको प्रयास गरे। आक्रमक ब्याटिङ गर्ने शैली भएका वार्नर सोमबार भने खुलेर खेल्न असफल भएका थिए। त्यस्तै विजय शंकर २६ रनमा पेभिलिएन फर्किदा १४ ओभरको दोस्रो बलमा मोहम्मद नाबीलाई आश्विनले १२ रनमा रन आउट गरे। नाबी आउट भएपछि मैदान उत्रेका मनिष पान्डेले १५ बलमा २ चौका प्रहार गर्दै १९ रनको योगदान दिए।

त्यस्तै अन्तिम ओभरमा मोहम्द शामीलाई चौथो र पाँचौ बलमा चौका  र अन्तिम बलमा छक्का हान्दै दिपक हुडाले ३ बलमा १४ रन जोडे। जितसँगै पञ्जाव ६ खेलमा ४  जित र २  हार सहित कुल ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। कोलकता ५ खेलमा ४ जित र १ हार सहित समना ८ अंकसहित शिर्ष स्थानमा छ । शिर्ष तीनको तिनै टिमको ८ अंक छ।

Leave a Reply