अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म जिरो असफलतापछि शारुख खान धेरै चुजी बनेका छन्। यसैबीच राकेश शर्माको बायोपिक फिल्मबाट पनि हात झिकेका छन्। अहिले फेरि नयाँ खबर बाहिर आएको छ, शारुखले आफ्नो हिट सिक्वल फिल्म डन-३ बाट पनि बाहिरिएका छन्। निर्माताले शारुखको रिप्लेसमेन्टका लागि रणवीर सिंहको विचार गरिरहेका छन्।

 

भारतीय सञ्चार माध्यमहरूका अनुसार शारुखले आफ्नो व्यक्तिगत कारण देखाउँदै डन-३ छोडेका हुन्। यसैबीच जोया अख्तरको प्रोडक्सन फिल्मका लागि नयाँ मेन लिड एक्टरको खोजीमा छ। अख्तर आफ्नो फेवरेट अभिनेता रणवीरलाई कास्ट गर्ने कोशिसमा छिन्। दुवैबीच फिल्मलाई लिएर कुराकानी पनि भएको बताइएको छ। तपाईंहरूलाई थाहा नहुनसक्छ, रणवीर जोयाको डायरेक्शनमा दुईपटक काम गरिसकेका छन्।

 

जोयाले फिमेल लिड क्यारेक्टरका लागि कटरिना कैफको नाम विचार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। जोयासँग कटरिनाले जिन्दगी ना मिलेगी दोबारामा काम गरेकी थिइन्। मिडियामा पहिला बताइ अनुसार यहि वर्षको मध्येदेखि डन-३ को सुटिङ सुरु हुने बताइएको थियो।

 

२००६ मा डन रिलिज भएको थियो। यसमा शारुख र प्रियंका चोपडा लिड रोलमा थिए। साथै करिना कपूर खान गेस्ट रोलमा देखिएकी थिइन्। फेरि २०११ मा डन-२ आयो। यसमा शारुख, प्रियंका र लारा दत्ता लिड रोलमा थिए। अब हेर्न बाँकी छ शारुखले डन-३ को मुख्य रोल छोड्दा मेकरको आँखा कुन कलाकारसँग गएर ठोकिन्छ।

 

यता रणवीर यतिबेला फिल्म ८३ को तयारीमा व्यस्त छन्। समाचारमा जनाइएअनुसार ८३ को स्टारकास्ट धर्मशालामा हुँदै छ। जहाँ पूर्व क्रिकेटर कपिल देवले क्रिकेटको सक्ष्मताबार बारेमा सिकाइरहेका छन्। फिल्मको सुटिङ १५ मे बाट लण्डनमा सुरु हुने छ। ८३ अप्रिल १० २०१९ मा रिलिज हुनेछ। फिल्मलाई कवीर खानले निर्देशन गर्दैछन्।

Leave a Reply