काठमाडौँ : चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत ‘नदेखेको धेरै भयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ।
किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ। चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ। नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन प्रकाश धितालले गरेका हुन्।