क्लेयर पोलोसकले कहिल्यै क्रिकेट खेलेकी छैनन्। र उनी एम्पायरको परीक्षामा पनि फेल भइन्। अब भने उनी पुरुषहरूको क्रिकेट म्याचको एम्पायरिङ गरेर इतिहास रच्ने तयारीमा छिन्।

क्लेयर शनिबारको वर्ल्ड क्रिकेट लिगको दोस्रो डिभिजनको फाइनलमा नामिबिया र ओमानबीच हुने खेलको एम्पायरिङ गर्ने छिन्। योसँगै उनी पुरुष क्रिकेटमा एम्पायरिङ गर्ने पहिलो महिला बनेर इतिहास पनि रच्ने छिन्।

यसअघि उनले पोलोसकको अस्ट्रेलियाको घरेलु क्रिकेट टुर्नामेटमा एडिलेड स्ट्राइकर्स र मेलबर्न स्टार्सबीच भएको खेलको पाल विल्सनसँग एम्पायरिङ गरेकी थिइन्।

सन् २०१८ मा भएको आइसिसी टि-२० महिला वर्ल्ड कपको सेमिफाइनलमा र १५ धेरै महिलाहरूको क्रिकेटमा एम्पायरिङ गरिसकेकी छन्। ३१ वर्षीया क्लेयरले आफूसँग क्रिकेट खेलको अनुभव नभए पनि एम्पायरिङ गर्ने लक्ष्य लिएको बताइन्।

‘मैले कहिल्यै क्रिकेट खलेकी छैन। यसले सबैलाई अचम्म पार्न सक्छ। तर मैले सधैँ क्रिकेटलाई फलो गरेकी छु। मेरो बुबाले मलाई सधैँ एम्पायर बन्नका लागि प्रेरणा प्रदान गर्नु हुन्छ’ उनले भनिन्, ‘म परीक्षामा धेरैपटक फेल भएँ। तर म सधैँ एम्पायर बन्न चाहन्थेँ र यसका लागि मैले कडा मेहनत गरेकी छु।’

क्लेयर पोलासक पछिल्लो दुई वर्षदेखि क्रिकेट अस्ट्रेलियाको डेवलपमेन्ट एम्पायर प्यानलमा छन्। उनले पुरुष क्रिकेटमा यसअघि थर्ड एम्पायरको भूमिका निभाइसकेकी छन्। यो पटक भने उनलाई प्रमुख एम्पायर बनाइएको छ।

Leave a Reply