नेपालमा प्रतिबन्ध गरिएको क्रिप्टोकरन्सीको कारोबार गरेको आरोपमा एक परिवारका तीनसहित चार जनाविरुद्ध मुद्दा दाय भएको छ ।

राजस्व अनुसन्धान विभागले कैलालीको लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, उसकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेशकी साथी अनिता धितालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर ३७ करोड बढी (३१ लाख २७ हजार बढी अमेरिकी डलर) को अवैध कारोबार विभागले जनाएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । विभागले दायर मुद्दामा बिगो जफत गरी तीन वर्षसम्म कैद सजाय माग गरिएको छ ।

Leave a Reply