काठमाडौं महानगरपालिकाको मत गणना सुरु भएको छ ।
बिहान करिब साढे ९ बजेबाट वडा १ नक्सालबाट गणना सुरु गरिएको हो ।
त्यसपछि वडा ३२ को गणना थालियो ।
वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् ।
यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।