धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगन्जमा अकस्मात अवतरण भएको छ। जहाजमा यात्रारत एक यात्रुको स्वास्थ्य खराब भएपछि नेपालगन्जमा जहास आकस्मिक अवतरण गरिएको हो ।

जहाजमा यात्रारत बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्जमा अकस्मात अवतरण राँझा विमानस्थलले जनाएको छ । विमानमा २७ जना यात्रु सवार थिए ।

जहाजभित्र रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको राँझा विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक नवराज बमले बताए । उनका अनुसार अहिले बमको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बमकुमारीलाई जहाजभित्र सास फेर्न समस्या भएको पछि नेपालगन्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगन्ज प्रमुख दिनेश शाहले पुष्टि गरे । बमकुमारी आफन्तसहित आफैँ उपचार गर्न गएको उनले बताए ।

Leave a Reply