कंगोमा खटिएका नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । कंगोमा कार्यरत शान्ति सैनिक सुर्खेतका सिपाही अनिल गुरुङको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

‘अपरेसन बाली’का क्रममा विद्रोहीले अज्ञात स्थानबाट आक्रमण गर्दा उनी घाइते भएका थिए । उपचारका लागि हेलिकोप्टरबाट बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले गुरुङको मृत्युले सिंगो नेपाली सेनालाई स्तब्ध बनाएको बताएका छन् ।

‘सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना प्रकट गर्छ,’ उनले भनेका छन् ।

Leave a Reply