अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको आश्चर्यजनक तस्विर खिचिएको छ । सो तस्वीरलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इन्स्टाग्राममा सेयर गरेको छ ।

तस्वीरमा धेरै हिउँले ढाकिएको चुचुराहरू भएका पहाडहरूको हवाई दृश्य देखिन्छ । यस्तो तस्वीर जमिनबाट देख्न सकिँदैन, किनकि तब पहाडहरू धेरै अग्ला हुन्छ । अन्तरिक्षबाट हेर्दा पहाडहरू एकअर्कासँग मिल्दोजुल्दो देखिन्छन् । तस्वीरमा हिमाललाई छुट्ट्याउन पनि गाह्रो हुन्छ ।

नासाले सगरमाथाको फोटो सेयर गर्दै क्याप्सन पनि लेखेको छ । ‘तपाईंले यस्तो सगरमाथा पहिले कहिल्यै देख्नु भएको छैन । पृथ्वीको सबैभन्दा अग्लो हिमाल अन्तरिक्षबाट विल्कुलै फरक देखिन्छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सवार एक अन्तरिक्ष यात्रीले सगरमाथाको यो प्रत्यक्ष तस्वीर खिचेका हुन् । समुद्री सतहबाट सगरमाथाको उचाइ लगभग २९,०२९ फीट (८,८४८ मिटर) रहेको छ’ क्याप्सनमा भनिएको छ ।

नासाले सगरमाथाको उच्चाइ ८ हजार ८४८ मिटर उल्लेख गरे पनि नेपालको पछिल्लो विवरण अनुसार यसको उचाइ ८८४८.८६ पुगेको छ । गतवर्ष २३ मंसिरमा नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरेका थिए ।

नासाले आफ्नो क्याप्सनमा भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरू बीचको टक्करका कारण यो पहाड हरेक वर्ष करिब १ सेन्टिमिटर अग्लो हुँदै गएको उल्लेख गरेको छ ।

फोटोग्राफी आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूको लागि मनोरञ्जन साधन जस्तो लाग्छ । यसअघि पनि इजिप्टको पिरामिड, चीनको पर्खाललगायतको अन्तरिक्षबाट तस्विर खिच्ने प्रयास गरिएको थियो ।

 

View this post on Instagram

 

A post shared by NASA (@nasa)

Leave a Reply