काठमाडौं : नबिल बैंकले पूँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ।

पूँजी बजारमा लगानी गर्न समस्या भइरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पूँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको स्पष्ट परे।

यो योजनाका लागि बिहीबारबाट आवेदन माग गरिएको छ। माग गरिएको योजनाको रकमभन्दा बढी रकमका लागि आवेदन प्राप्त भएमा छिटोमा यही वैशाख ९ गतेभित्र निष्काशन कार्य बन्द गरिने पनि फन्डले जनाएको छ। इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १ हजारदेखि अधिकतम १२ करोडसम्म लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको फन्डका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले आफ्नो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन र विवरण पुस्तिका प्राप्त गर्न नविल बैंकको तोकिएको शाखा कार्यालयहरू वा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

Leave a Reply