काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ।
महाशाखाका अनुसार सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो ।
दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।
त्यसैगरी, शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए।
दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।
त्यसैगरी महाशाखाले परीक्षा केन्द्रमा के गर्न हुन्छ के गर्न हुँदैन भन्न विषयमा सूचना जारी गरेको छ। सूचनामा परीक्षार्थीहरू निर्धारिरत समममा नै आफ्नो स्थानमा बसी सक्नुपर्ने, आफूलाई उपलब्ध गराइएका प्रश्नपत्र र उत्तरपुस्तिकामा उल्लेखित आफ्नो नाम र रजिस्ट्रेसन नम्बरलगायतका विषयमा ध्यान दिन अनुरोध गरेको छ।
हर्नुहोस् सूचना :