अहिले स्मार्ट फोन कम्पनीहरूबीच क्यामरा युद्ध चलिरहेको छ। प्रयोगकर्तालाई लोभ्याउन स्मार्ट फोन निर्माताहरूले फरकफरक किसिमका क्यामरा र एउटै फोनमा धेरै क्यामरा भएका फोनहरू सार्वजनिक गरेका छन्।
काउन्टर प्वइन्ट रिसर्चले क्यामरा युद्धलाई मध्यनजर गर्दै सन् २०२१ सम्म विश्वभर बिक्री हुने स्मार्ट फोनमध्ये ५० प्रतिशतमा तीनवटा वा त्यसभन्दा अधिक क्यामरा जडान हुने अनुमान गरेको छ।
२०१९ मा ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरिङ (OEMs) यहि परम्परालाई अगाडि बढाउँदै छ। हालै लन्च भएका ट्रिपल क्यामरावाला स्मार्ट फोनलाई ग्राहकहरूले खुबै मनपराएका थिए। त्यसैले पछिल्लो समय तीनवटा क्यामरा भएका फोनहरू धेरै मात्रामा लन्च हुन थालेका छन्।
काउन्टर प्वाइन्ट रिसर्चका सिनियर एनालिस्ट (डिभाइस एन्ड इकोसिस्टम) हनिष भाटियाका अनुसार संसारभरी बिक्रीहुने फोनहरू मध्ये सन्२०१८ मार्चको तथ्यांक हेर्दा तीन वा सोभन्दा धेरै क्यामरा भएका फोन ६ प्रतिशत मात्रै थिए। सन् २०१९ मा यसको संख्या १५ प्रतिशत पुगेको छ भने सन् २०२० सम्म ३५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
पहिला भारी मूल्यका स्मार्ट फोनमा मात्रै तीन वा सो भन्दा बढी क्यामराहरू जडान गरिने गरेको भन्दै उनले २०१८ को अन्त्य र सन् २०१९ को सुरुवातमा कम्पनीहरूले कम मूल्यका मोबाइलमा पनि तीन भन्दा बढी क्यामरा जडान गर्न थालेको बताए।
सन् २०१९ अप्रिलमा लन्च भएका ४० भन्दा बढी स्मार्ट फोन तीन वा सो भन्दा धेरै क्यामरा भएका छन्। यसमा चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी हुवावे र कोरियन स्मार्ट फोन निर्माता कम्पनी सामसुङ धेरै प्रतिस्पर्धी देखिएका छन्।
रिपोर्टका अनुसार अघिल्ला वर्षमा एप्पल र वनप्लसजस्ता कम्पनीहरू पनि यस दौडमा समावेश हुनेछन्। केही ठूला स्मार्ट फोन कम्पनीहरू सन् २०१९ को मध्यतिर ६४ मेगाफिक्सल क्यामरा भएका स्मार्ट फोनहरू लन्च गर्न सक्छन्। सन् २०२० सम्म क्यामरा सेंसर१०० मेघाफिक्सलभन्दा धेरै हुनसक्छ।