अमेरिकन माइक्रो इसडी कार्ड उत्पानक कम्पनी सानडिस्कले १ टिबी (टेराबाइट) मेमोरी कार्ड उत्पादन सुरु गरिसकेको छ। संसारमै पहिलोपटक १ टिबीको मेमोरी उत्पाद सुरु गरेको कम्पनीले दाबी गरेको छ।

यद्यपि इकमर्स कम्पनी एमेजनमा यसअघि नै १ टिबीको एसडी कार्डहरू बिक्रीका लागि राखिएको थिए। सानडिस्कले उत्पादन गरेका मेमोरीको मूल्यभन्दा यी कार्डहरू निकै सस्तो दरमा ब्रिकी भइरहेको छ। सानडिस्कले १ टिबीको मेमोरीको मूल्य ४५० डलर तोकेको छ।

१ टिबीको मेमोरीले के हुन्छ ?

१ टिबी अर्थात् १०२४ जिबी ग्रहण क्षमता हुन्छ। प्रयोगकर्ताले यो कार्ड १ हजार भन्दा धेरै डाटाहरू संग्रह गर्न सक्छन्। यो कार्डको प्रयोगपछि कुनै पनि मोबाइल प्रोटेबल हार्ड डिस्क जस्तै बन्न सक्छ।

Leave a Reply