नेपाल संस्कृत विश्वविद्यालयबाट प्राप्त भएको स्नातक तह आयुर्वेद विषयको छात्रवृत्तिका लागि आवेदन दिएका आवेदकहरुको योग्यताक्रम कायम गरि मनोनयन गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले एक सूचना निकाले उक्त कुराको जानकारी दिएको हो।
नेपाल संस्कृत विश्वविद्यालय र सो अन्तर्गतका निजी कलेजहरुबाट शैक्षिक शत्र २०७६ का लागि प्राप्त भएको स्नातक तह आयुर्वेद विषयको १६ सीट छात्रवृत्तिमा अध्ययनका लागि मन्त्रालयले आह्वान गरेको सूचनाअनुसार तोकिएको म्यादभित्र रीतपुर्वक आवश्यक मापदण्डसहित आवेदन दिएका उम्मेद्वारहरु मध्येबाट योग्यताक्रम कायम गरी उम्मेद्वार मनोनयन गरिएको सूचना प्रकाशित गरेको हो।
मनोनयमा परेका उम्मेदवारहरूले बैशाख १९ गतेभित्र छात्रवृत्ति शाखा केशरमहरलमा नागरकिताको प्रतिलिपि, निरोगिताको प्रमाणपत्रको सक्कल, अटो साइजको चार प्रति फोटो, र एसएससीदेखि +२ सम्मको सक्कल प्रमाणपत्रसहित उपस्थित हुन आग्रह गरिएको छ।