काठमाडौं : मिडिया फाउन्डेशन (MF) ले खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिप-२०१९ का लागि आवेदन दिन देशभरका पत्रकारलाई आमन्त्रण गरेको छ। ह्युम्यानिटी युनाइटेडको सहयोगमा एमएफले सञ्चालन गर्ने आगामी शत्रको खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिपका लागि देशभरबाट आवेदन माग गरेको हो।

फलोसिप प्राप्त गर्ने पत्रकारलाई एक साता (जेठ २४ देखि ३० गतेसम्म) बुटवलमा आवासीय कार्यशाला हुने मिडिया फाउन्डेशनले जनाएको छ। कार्याशाल र यातायातको सम्पूर्ण खर्च एमएफले नै व्यहोर्नुका साथै खोजमूलक रिपोर्टिङका लागि प्रत्येक पत्रकारलाई ७० हजार रूपैयाँ लेखनवृत्ति प्रदान गर्नेसमेत बताएको छ।

कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तिमा चार वर्ष पत्रकारिता गरेका व्यक्तिले कार्यशालमा भाग लिन पाउने प्रवाधान राखिएको छ। साथै सहभागिता जनाउन चाहनुको कारण देखाइ ४०० शब्दमा सम्पूर्ण विवरण खुलाएर पठाउनु पर्ने छ।  सन् २०१५ देखि यता जवाफदेहिता, श्रम प्रवासन, मानव बेचबिखन तथा अन्य कुनै विषयमा प्रकाशित एवं प्रसारित खोजमूलक दुइटा समाचार पनि आफ्नो बायोडाटा सहित पठाउन MF ले आग्रह गरेको छ।

पूरा विवरण हेर्नका लागि यहाँ क्लिक गरेर जानुहोस MF को आधिकारिक वेबसाइटमा।

Leave a Reply