कोरोना भाइरसविरुद्ध चलनचल्तीमा रहेका खोपहरूको तेस्रो डोजले नयाँ भेरिन्टविरुद्ध हाम्रो इम्युनिटी ८८ प्रतिशतसम्म बढाउने बताइएको छ । यो दाबी हालै ब्रिटेनमा भएको एउटा अध्ययनले गरेको हो ।

युके हेल्थ सिक्योरिटी एजेन्सीको रिपोर्टअनुसार दोस्रो डोज लिएको ६ महिनापछि त्यसको असर ५२ प्रतिशत कम हुन्छ । त्यसैले कोरोना संक्रमण र गम्भीर लक्षणबाट बच्नका लागि बुस्टर डोज लगाउन आवश्यक छ ।

उक्त रिपोर्टमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनमा बुस्टर डोजले कम असर गर्ने पनि उल्लेख छ । यद्यपि, यसले ओमिक्रोन भएपछि हुन गम्भीर लक्षणबाट भने बचाउन सक्छ ।

जसकारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउँदैन । हालै ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए कि देशका आइसियूमा भर्ना भएका ९० प्रतिशत कोरोना संक्रमितहरूलाई बुस्टर डोज लगाइएको थिएन ।

रिपोर्टअनुसार तेस्रो डोज लिएपछि भ्याक्सिनको प्रभावकारिता ५२ देखि ८८ प्रतिशतसम्म बढ्न सक्छ । भ्याक्सिनको तेस्रो डोजले ओमिक्रोन संक्रमितको अवस्था गम्भीर हुनबाट बच्छ । मानिसहरूमा सामान्य लक्ष्य देखिन्छ ।

यस्ता व्यक्तिलाई अस्पतालमा भर्ना गर्नुपर्ने खतरा ८१ प्रतिशतसम्म कम हुन्छ । ५ देखि १७ वर्षका बालबालिका पनि अस्पताल भर्ना हुनबाट जोगाउन सकिन्छ ।

Leave a Reply