नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समावेशी संसदीय प्रणाली नै सिद्धयाउन प्रयास भएको बताएका छन् । बुधबार नेता पौडेलले धारणा आफ्नो सार्वजनिक गर्दै सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने केपी ओलीकाे नियतीका सामु समर्पण गरेकाे ठहर हुने बताएका हुन्।

देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र भएको उल्लेख गर्दै उनले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण गराएका छन् ।

´६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्` उनले भनेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।’

यस्तो उनको धारणा

६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।

राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण गर्दछु । देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र हाे यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।

रामचन्द्र पाैडेल
२९ मंसिर २०७८

Leave a Reply