लाखबत्ती जलाएर शान्तिको कामना : त्रिपुरा सुन्दरी नगरपालिका– १ अन्तर्गत त्रिपुरा कोटमा पर्ने त्रिपुरासुन्दरी मन्दिरमा बिश्व शान्तिको कामनाका साथ लाखबत्ती प्रज्वलन गर्दै स्थानीय महिलाहरु । तस्वीर : रामचन्द्र न्यौपाने,रासस,डोल्पा मह काढने तरिका सिकाउँदै प्राविधिक : तनहुँको आँबुखैरेनी गाउँपालिका– ३ ले आयोजना गरेको मौरीपालन तालीममा मह काढने तरिका सिकाउँदै प्राविधिक । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस सुधारिएको घट्ट : अहिले पनि अपी हिमाल गाउँपालिका स्थानीय सुधारिएको घटट नहुँदा परम्परागत पानी घट्टबाट पिसानीको काम गर्ने गर्छन । अपी हिमाल गाउँपालिका– १ र २ मा अहिले पनि परम्परागत पानी घट्टको प्रयोग हुँदै आएको छ । तस्वीर : नरेन्द्रसिह कार्की, रासस, दार्चुला राडी पाखो बुन्दै महिला : अपी हिमाल गाउँपालिका- २ का एक महिला राडी पाखो बुन्दै । हिमाली चिसो क्षेत्र रहेको यहाँका स्थानीय भेडाको उनबाट राडी कोट, लत्ता कपडा बुन्ने गर्छन । चिसो ठाउँमा उनको लुगा प्रभावकारी हुन्छ । अहिले पनि यस क्षेत्रमा परम्परागत सीपबाट राडी पाखो बुन्ने चलन छ । राडी पाखो बुन्ने आधुनिक मेशिन नहुँदा स्थानीयले दिनभर कम्मरमा बाँधेर राडी पाखो बनाउने गर्छन । हिउँ र पानी नभिज्ने लुगाको रुपमा ऊन प्रभावकारी मानिन्छ । तस्वीर : नरेन्द्रसिह कार्की, रासस, दार्चुला गहुँ थ्रेसिङ : कञ्चनपुरको अमरपुरका स्थानीय किसान मेशिनको सहायताले गहुँ थ्रेसिङ गर्दै । तस्वीर : राजेन्द्रप्रसाद न्यौपाने काठेपुल : जुम्लाको तिला गाउँपािलका लुम्सेरा गाउँस्थित परम्परागत काठेपुल । पछिल्लो परम्परागत काठेपुल विस्थापित हुँदै गएका छन । तस्वीर : शुरबहादुर सिंह, रासस, सुर्खेत