काठमाडौं : आउँदै गरेको विजया दशमी अर्थात् दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइतबारबाट अग्रीम टिकट बुकिङ खुला गरिएको छ। सरकार र यातायात व्यवसायीको सहभतिअनुसार आइतबारबाट उपत्यकाबाट बाहिर जाने यात्रुहरूका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको हो।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलंकी, गौशाला कोटेश्वरलगायतका स्थानबाट अग्रीम टिकट बुकिङ गर्न सकिने छ । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ।
टिकट लिने भिडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले काउन्टरबाटै टिकट लिन महासंघले अनुरोधसमेत गरेको छ। यसपटक यात्रुहरूको सुविधा, सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता दिएको महासंघले जनाएको छ।
टिकट नलिएको यात्रुलाई बस चढ्न नदिने, बसमा शंकास्पद वस्तु भेटिए प्रहरीलाई बुझाइने, क्षमताभन्दा बढी यात्रु नचढाउने महासंघले जनाएको छ। दशैंमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात व्यवसायीले अग्रीम टिकट बुकिङ खुलाउँदै आएका छन्।
आजदेखि अग्रीम टिकट बुकिङ खुल्ला भएपछि बिहानदेखि नै टिकट लिन विभिन्न टिकट काउन्टरमा मानिसहरूको भिड लागेको छ।
यस्तो छ भाडा दर