Thursday, October 10

सतर्क बनौं, आतंकित नबनौं, पहिला तथ्य बुझौं!

  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजभोलि डेंगुको आतंक निकै बढेको छ | खास गरेर बालबालिकालाई जुनसुकै ज्वरो आएपनि डेंगु हो, यसको उपचार छैन, डेंगुले मृत्यु नै हुन्छ भनेर अभिभावक धेरै नै Panic भएको पाइन्छ |

– डेंगुको  निको हुने दर राम्रो मानिन्छ | डेंगु ज्वरोले १-२ हप्तासम्म निकै गाह्रो बनाउँछ | कसैलाई थप केहि हप्ता पनि लाग्न सक्छ |

– डेंगुको मृत्यु दर निकै कम छ | सुरुमा डेंगुको निदान गरेर उपचार गरेमा जम्मा १ % मृत्यु दर छ | त्यस्तै रक्ताश्राबजन्य डेंगुकोको समयमै उपचार गरे मृत्यु दर २-५ % छ | रक्तश्राबजन्य डेंगुलाई उपचार नगरे यसको मृत्युदर २०-४० % छ |

– अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक / मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा / वान्ता भएमा तथा निकै बिसन्चो अनुभव भएमा तुरुन्त डेंगुको परोक्षण गरौँ |

– डेंगु ज्वरो भए / नभएको १ -२ मै थाहा हुन्छ | डेंगु सेरोलोजी जाँच गर्दा सुरुमा Ns1 Antigen पोजिटिभ देखिन्छ | पछि IgM Antibody तथा  IgG Antibody पोजिटिभ देखिन्छ | प्लेत्लेट्स घट्दै जान्छ | Platelets जति घट्यो, त्यति नै खतरा हुन्छ, अस्पताल भर्ना हुनुपर्ने हुन्छ | तसर्थ नियमित प्लेट्लेट्स जांच गर्नुपर्छ | प्लेट्लेट्स जांच सस्तो छ | रु. १०० पनि पर्दैन |

– जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC र डेंगु सेरोलोजी जांच ६५० रु. मा हुन्छ | निजि अस्पतालमा यो जांच महँगो छ | उपत्यका बाहिर पनि सराकरी ल्याबमा जांच गर्दा खर्च कम हुन्छ |

– डेंगुको औषधि छैन | शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलबियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केहि गाह्रो अनुभव भएमा अस्पताल भर्ना हुनुपर्दछ |


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply