काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ ।

नेपालले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसका लागि हरि कुकरेजाले सर्वाधिक ३० रन बनाए।

बलिङमा नेपालका कुशल मल्लले ४, तिलक भण्डारीले २, राशिद खान र सागर ढकालले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालका लागि ओपनर रित गौतमले शतक बनाए । उनले नट आउट १३७ बलमा ११५ रन बनाए ।

यस्तै खडक बोहराले ९० बलमा ९०, कुसल मल्लले नट आउट २३ बलमा ५१ रनको योगदान दिए ।

यस्तै पवन सराफ ४५, कप्तान रोहित पौडेल ७ र विशालविक्रम केसी १ रनमा आउट भए । बलिङमा सिंगापुरका  राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे ।

यो जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपालले अब आउँदो सोमबार समूह ‘बी’ को उप विजेतासँग सेमिफाइनल खेल्ने छ ।

Leave a Reply