Sunday, November 10

सहकर्मीसँग बदला लिन शिक्षकले खुवाए बालबालिकालाई विष

विद्यालय अध्ययनका लागि मात्र नभएर बालबालिकाको हेरविचार, उनीहरूलाई विद्यालय समयभर सुरक्षा दिने स्थलका रूपमा समेत मानिन्छ। अहिलेका मन्टेश्वरी, स्कुलका प्लेग्रुपमा बालबालिकालाई पढ्नेभन्दा स्वतन्त्रपूर्वक खेल्ने, खाने र सुत्ने लगायतका अतिरिक्त कृयाकलापलाई प्राथमिकता दिइने गरिएको छ।

तर, त्यस्तै स्कुलमा बालबालिकाका असुरक्षित हुनसक्छन् भन्ने कुरामा अभिभावकहरूले कल्पना पनि गरेका हुदैनन्। चीनमा भने एउटा किन्डरगार्डनमा शिक्षकले नै बालबालिकामाथि डरलाग्दो कार्य गरेको विषय सार्वजनिक भएको छ। मध्य चीनको हेनान प्राप्तमा रहेको एउटा किन्डरगार्डनमा एक शिक्षकले २३ जना विद्यार्थीलाई विष खुवाइदिएको घटना सार्वजनिक भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

हेनान प्रान्तको जियाजोउस्थित मेङ्गमेङ्ग किन्डरगार्डनका बालबालिकालाई एक शिक्षकले नाइट्रेट मिसाइएको खानेकुरा दिएको बेइजिङ न्यूजले जनाएको छ। गत मार्च २५ का दिन किन्डरगार्डनको शिक्षकले लि भन्ने एक व्यक्तिलाई फोन गरी उनको छोरीले केही खाएपछि वान्ता गरी बेहोस भएको बताए।

लगतै लि स्कुल पुगे र आफ्नी ४ वर्षीया छोरीलाई बेहोस अवस्थामा देखे र उनको पाइन्टमा वान्तासमेत थियो। लि स्कुल पुग्दा उनको छोरीसँगै त्यहाँ रहेका सबै बालबालिकाहरूले वान्ता गरीरहेका र उनीहरु पहेँला भइरहेका थिए। त्यसपछि सबै बालबालीकालाई अस्पताल पुर्‍याए। ती मध्ये हु थर भएका व्यक्तिको छोराको पेट सफा गर्नुपर्ने भनेर चिकित्सकहरूले बताए।

उनको चेकजाँचका क्रममा सबै बालबालिकाहरूले नाइट्रेट भन्ने विषालु पदार्थ खाएको पत्ता लाग्यो। नाइट्रेड एक कार्सीनोजेन र हेभी धातु हो, जसले कलेजो र मिर्गौलामा हानी पुर्‍याउँछ। सबै पीडित बालबालिकाहरू एउटै ग्रेडका हुन् उनीहरूमध्ये धेरैजसो अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जियाजुओ प्रहरीले वाङ नाम गरेका शिक्षकलाई पक्राउ गरेको छ। उनले आफ्नो सहकर्मीसँग बदला लिने प्रयासस्वरूप यस्तो गरेको द पेपरले जनाएको छ। स्कुलमा बालबालिकाले दलिया खाएका थिए जसको स्वाद मिठो हुनुपर्ने थियो। तर, बालबालिकाले दलिया नुनिलो थियो भनेका छन्।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply