आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि फेसबुकलेआफ्नो नयाँ फिचर ल्याएको छ। फेसकबुकले प्रयोगकर्ताको न्युज फिडमा फेरबदल गरेको हो।

फेसबुकका अनुसार न्युज फिड फेरबदलबाट प्रयोगकर्ताले आफ्ना साथीहरूलाई प्राथमिकताका साथ देख्न पाउने छन्। प्रयोगकर्ताले जसलाई धेरै देख्न चाहन्छन् उनीहरूको लिंक सबैभन्दा माथि देखिन्छ।

फेसबुकले यससँग सम्बन्धित धेरै जानकारी प्राप्त गर्नका लागि सर्वे समेत गरेको थियो। सर्वेको उद्देश्य मानिसहरूले फेसबुकबाट के हेर्न चाहन्छन् र कस्तो माध्यमबाट हेर्न चाहन्छन भन्ने जान्नु थियो।

सामाजिक सञ्जालसम्बन्धी एक कम्पनीले ब्लग पोस्ट गर्दै भनेको छ ‘हामीहरूले गरेको सर्वेका आधारमा दुइटा र्‍यांकिङ अपडेट गर्ने घोषणा गरेका छौँ। एकले आफ्ना साथीहरूलाई प्राथमिकता दिन्छ भने अर्कोले त्यस्ता व्यक्तिलाई प्राथमिकता दिन्छ जो सबैभन्दा सार्थक व्यक्तिहरू हुनु भन्ने लाग्छ।’

उदाहरणका लागि कुनै व्यक्तिले तपाईंलाई फोटो ट्याग गर्‍यो वा एउटै पोस्टमा लगातार रियाक्ट र कमेन्ट गर्‍यो भने फेसबुकले यसको प्याट्रनलाई मूल्यांकन गर्नेछ। त्यसपछि यी सबै डाटाहरूलाई एलगोरिदममा सूचित गर्नका लागि प्याट्रनको प्रयोग गर्नेछ।

Leave a Reply