३२ मेघाफिक्चर सेल्फी क्यामरा भएका दमदार स्मार्टफोन जुन सेल्फी शोखिनका लागि छन् खास।
स्मार्टफोन खरिदकर्ता पछिल्लो समय नयाँ स्मार्ट फोन खरिद गर्दा फोनमा रहेको क्यामरा क्वालिटीका बारेमा सचेत हुन् गरेका छन्। उनीहरूले स्मार्ट फोन खरिद गर्दा क्यामराको क्षमतालाई विशेष ध्यान दिने गर्दछन्।
पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरूले पनि फोनमा जाडन गरिने क्यामराको क्वालिटीलाई सुधार गर्दै लगेका छन्। साथै सेल्फी क्यामरालाई विशेष ध्यान दिने गरेका छन्। यहाँ हामीले तपाईंहरूलाई खास गरी सेल्फीका शोखिनहरूका लागि उपयुक्त स्मार्टफोनका बारेमा जानकारी दिन गइरहेका छौँ।
रेडमी Y3
MI को रेडमी Y3 मा अल्ट्रा एचडी सेल्डी क्यामरा जडान गरिएको कम्पनीको दाबी छ। यो फोन अघिल्लो वर्ष सर्वजनिक भएको रेडमी Y2 को सक्सेसर हो। 32MP सेल्फी क्यामरा भएको यो फोन कम्पनीको पहिलो फोन हो।
हुवावे P30/P30 प्रो/P30 लाइट
सेल्फीका शोखिनका लागि हुवावेको P30 भेरियन्टका स्मार्ट फोनहरू पनि उपयुक्त हुन सक्छन्। कम्पनीले P30 P30 प्रो/ P30 लाइट फोनमा 32 MP सेल्फी क्यामेरा जडान गरेको छ। यसबाट सुन्दर सेल्फी खिच्न सकिने कम्पनीको दाबी छ।
भिभो V15/V15 Pro
भिभोका V15 र V15 Pro सेल्फी सेन्ट्रिक फोन हुन्। दुवै स्मार्ट फोनमा कम्पनीले 32 मेघाफिक्सलको पप अप सेल्फी क्यामरा दिएको छ। जसबाट सुन्दर सेल्फी फोटो लिन सकिने छ।
सामसुङ ग्यालेक्सी A70
कोरियन स्मार्ट फोन निर्माता कम्पनी सामसुङले सार्वजिनक गरेको ग्यालेक्सी ‘ए’ सिरिज मध्येको A70 मा 32 MP क्यामरा जडान गरेको छ। सेल्फी शोखिनहरूका लागि मध्यनजर गर्दै कम्पनीले उक्त फोन बजारमा ल्याएको जनाएको छ।
सम्बन्धित समाचार