अन्तरिक्ष यात्री क्रिस्टिना कोच अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा सबैभन्दा धेरै समयसम्म बस्ने पहिलो महिला बनेर रेकर्ड राख्ने तयारीमा छिन्। उनी आइएसएसमा गएको २०२० फरवरीमा ११ महिना पुग्ने छ। आखिर किन उनलाई यति लामो सयमसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा राख्ने योजनामा छ त नाशा?

आइएसएसमा अन्तरिक्ष महिला यात्री कोचलाई यति लामो समय राख्नुको पछि नाशाको चन्द्र र मंगलमा मानव मिसनको तयारी हो। कोचको मिसनले शोधकर्ताहरूलाई अन्तरिक्षमा लामो सयमसम्म रहेकी एक महिलामाथि पर्ने प्रभावको विश्लेषण गर्न मद्दत गर्ने नाशाले बताएको छ।

उनको निर्धारित कार्यकाल नाशाका पूर्व अन्तरिक्ष यात्री स्काट केलीको २०१५-१६ को मिसनभन्दा केही लामो हुने छ। केलीले आइएसएसमा ३४० बिताएका थिए। यो मिशन अति आवश्यक रहेको बताइन्छ। किनकि यसअघि अन्तरिक्षमा लामो समयसम्म बस्ने तथ्यांक पुरुषका मात्रै थिए।

यो मिशनले शोधकर्ताहरूलाई लामो समयसम्म अन्तरिक्षमा बस्ने अन्तरिक्ष यात्रीहरूको क्षमतालाई राम्रो बनाउने सहयोग मिल्ने छ। साथै अन्तरिक्ष यात्रीको स्वास्थ्यका लागि प्रभावकारी कदम चाल्न पनि मद्दत मिल्ने अपेक्षा गरिएको छ।

को हुन् कोच?

कोच अन्तरिक्ष यात्रीका रूपमा २०१३ मा नाशाले सेलेक्ट गरेको हो। उनले अन्तरिक्ष यात्री उमेदवारको तालिम सन् २०१५ मा पूरा गरेकी थिइन्।

कोच मिचिङमा जन्मेकी हुन् भने उनले नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीबाट ब्याचलर अफ साइन्स इन इलेक्ट्रिकल इन्जिनियरिङ एन्ड फिजिक्समा ग्राजुयसन गरेकी छन्। उनले मास्टर साइन्स इन इलेक्टिकल इन्जिनियरिङमा गरेकी छन्।

उनी अहिले नाशा अन्तरिक्ष मिशनको एक उमेदवार हुन्। सन् २०१९ मार्चमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेनमा ५९/६० सदस्यदल सहित प्रस्तान गरेकी छन्। उनीले त्यहाँ ११ महिना बिताएर सबैभन्दा लामो समयसम्म अन्तरिक्ष स्टेशनमा बस्ने महिलाको रेकर्ड बनाउने छिन्।

Leave a Reply