- गणेशप्रसाद पँगाली
हिन्दू धर्म असंख्य भित्री भण्डार अमूल्य हो नाम।
सत र असतलाई छुट्याउन अदृश्य भई गर्दछु काम॥
असत काम गरे दश वर्षपछि हुँदै जान्छ दुर्गति।
सत्य काम गरे कृति रहन्छ पुस्तौँ-पुस्ता पछि॥
संसारमा थोरै जल्छ भन्ने आयो मलाई कूमति।
बनारस सागर नदीले दिनु भयो सत्यको ज्योति॥
होस् नगरी हिँड्दा साना चिजले लाग्छ ठेस अनि चोट।
औषधि उपचारका लागि अनि मात्रै खोज्दछ बाटाको सोच॥
लुकेर झुकेर होइन जुटेर सबै मिली निकालौँ अमृत रस।
अन्याय अत्याचारलाई त्यागी धर्मै-धर्मले मरौँ हृदयको पास॥
कुनै फुलेर फलका कुनै वृक्ष छन् पाकेर झुलेका।
सत्रु र मित्र छन् सँगै खानलाई मग्न भई मुलेका॥
समाजमा बसी कसैलाई नदेखौँ निचा र उचा।
भेदभाव गरी काम गरेर सत्यले बनाउँदछ फुसा॥
धर्म सारै सानो र मसिनो नरम स्थिर छ।
अधर्म भन्नु घमण्ड ठूलो छ देखिन्छ समाज पिर्दछ॥
सत र असत छुट्याउन बाहिरी नजरले सक्दैन दिन ज्ञान।
सतसंग गरी अन्तरआत्माले गर्नुपर्दो रहेछ ध्यान॥
नेपाललाई सुन्दर बनाउन बनौँ अटल ध्रुव जस्तै।
दुःखी गरिबको मर्म बुझेर झूटो आश्वासन दिन हुँदैन कसै॥
नेपालमा हिन्दू धर्म छ अमर सबैको सबैको साझा हो चौपारी।
हावा र पानी हरियो वन नेपालीजन माझा हो फूलवारी॥
#टारी, शंकरपोखरी-३, पर्वत