Tuesday, October 8

फ्रान्सेली फोटोग्राफर मिचेल मिलेको ‘१५ इयर्स इन नेपाल’ फोटो प्रदर्शन हुने

काठमाडौं : फ्रान्सेली फोटोग्राफर मिचेल मिलेले नेपाल बसाइँका क्रममा खिचेका तस्वीरहरूको प्रदर्शनी हुने भएको छ। यहि असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिचेल मिलेले खिचेका तस्विरहरूको प्रदर्शनी ‘फिप्टिन इयर्स इन नेपाल’ हुन लागेको हो।

प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ। तस्विर मार्फत् नेपालको विश्वभर प्रचार गर्न सफल व्यक्तित्व हुन् फ्रान्सेली फोटोग्राफर मिचेल। नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर उनले तस्वीर खिचेका छन्।

यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासोले उनै मिचेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्वीरहरूलाई प्रदर्शनीको रूपमा ल्याउन लागेको छ। उक्त प्रदर्शनीमार्फत नेपाललाई विश्वभर प्रचारमा ल्याउन थप सहयोग अपेक्षा गरिएको छ।

नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले फ्रान्सेली फोटोग्राफर मिचेल मिले १५ वर्ष नेपाल भ्रमणका समयमा खिचिएका उत्कृष्ट तस्विरहरूको प्रदर्शनी गर्ने उद्देश्यले ‘फिप्टिन इयर्स इन नेपाल’ नामक फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागिएको हो।

 


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply