काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज १०१ औँ जन्मोउत्सव हो। घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गरेका हुन्। “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ।
राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्या पारेर सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कृतिको लोकार्पण गरिएको छ।
राष्ट्रकवि घिमिरको १०१ औँ जन्मोत्सवको अवसरमा एक सय एक जना कविद्वारा घिमिरेको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता संग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो। कविवर उपनामले समेत परिचत उनी नेपालको राष्ट्रकवि हुन्।